पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदलीको अवस्था छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

आज रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई क्षेत्रलगायत अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसममा आएको यो परिवर्तनले पहाडी र हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Published Date: 10 May 2026


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु