राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गर्ने

राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गर्ने : Icon Khabar
फाइल फोटो

काठमाडौं, वैशाख २१ । सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गर्नेलगायत चार महत्वपूर्ण निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

त्यस्तै, बैठकले परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापनको क्षमता बढाउन विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

बैठकले भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय छ।

यसैगरी बैठकले संसद् भवन परिसरमा प्रवेश लगायत विषय समावेश गरिएको सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

Published Date: 04 May 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी