देशभर पुनः मौसम बदली: आजदेखि वर्षा, हुरीबतास, चट्याङ र असिनाको सम्भावना

देशभर पुनः मौसम बदली: आजदेखि वर्षा, हुरीबतास, चट्याङ र असिनाको सम्भावना : Icon Khabar

काठमाडौँ, चैत १३ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार)देखि देशका अधिकांश क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ तथा असिना पर्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार मौसम थप बदली भई वर्षा हुने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले बिहीबार साँझदेखि नै बदली बढेको र शुक्रबारबाट देशका विभिन्न स्थानमा वर्षा सुरु हुने जानकारी दिएका छन्।

बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायतका केही स्थानमा वर्षा भइसकेको र आज रातिदेखि वर्षाको गतिविधि अझ बढ्ने अनुमान गरिएको छ।

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै, सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थान र अन्य पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले यस अवधिमा सम्भावित हुरीबतास, असिनापानी तथा चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Published Date: 27 March 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी