नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम : Icon Khabar

काठमाडौँ, माघ २६ । साताको दोस्रो कारोबार दिन नेप्से घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

प्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको १ लाख २ हजार २८१ पटकको कारोबारमा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँबराबरको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन रिडी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७७ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको ५४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 09 February 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी