मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, माघ २६ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

आज राति भने तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Published Date: 09 February 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी