इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल : Icon Khabar

काठमाडौं, माघ २५ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो। यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन्।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

नेपालले आज इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो। नेपाल विश्वकपमा समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

विश्वकपमा नेपाली टिमबाट रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन्। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेकाले यो खेल ऐतिहासिक बन्नेछ।

Published Date: 08 February 2026
ताजा
प्रधानमन्त्री बालेनले लिए शपथ, नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज नयाँ प्रधानमन्त्रीको शपथ: बालेन्द्र शाह नेतृत्वमा एकल सरकार गठन
देशभर पुनः मौसम बदली: आजदेखि वर्षा, हुरीबतास, चट्याङ र असिनाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता