सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौं, माघ २३ । शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ घटेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ।अघिल्लाे दिन अथार्त बिहीबार, नेपाली बजारमा सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावका कारण स्थानीय बजारमा पनि त्यसको ठूलो असर देखिएको महासंघले जनाएको छ।

Published Date: 06 February 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी