च्याम्पियन्स लिग फुटबल : स्लाभिया प्राहामाथि बार्सिलोनाको जित

च्याम्पियन्स लिग फुटबल : स्लाभिया प्राहामाथि बार्सिलोनाको जित : Icon Khabar

काठमाडौं, माघ ८ । बार्सिलोनाले च्याम्पियन्स लिगमा स्लाभिया प्रागलाई ४–२ ले हराउँदै महत्वपूर्ण जित निकालेको छ। बार्सिलोनाका फर्मिन लोपेजले २ , रोबर्ट लेवान्डोव्स्कीले एक गोलसँगै एक आत्मघाती गोल पनि गरे।

खेलको सुरुवात बार्सिलोनाको लागि राम्रो रहेन। १०औँ मिनेटमा फर्मिन लोपेजले सजिलो मौका गुमाएपछि स्लाभियाका भासिल कुसेयले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

तर लोपेजले ३४ र ४२ औं मिनेटभित्र गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। ४४ औं मिनेटमा कर्नरबाट आएको बल लेवान्डोव्स्कीलाई लागेर आत्मघाती गोल भयो र पहिलो हाफ २–२ बराबरीमा टुंगियो । यो लेवान्डोव्स्कीको च्याम्पियन्स लिग करियरको पहिलो आत्मघाती गोल हो।

दोस्रो हाफमा बार्सिलोनाले दबाब बढायो। चोटका कारण पेड्री बाहिरिएपछि मैदान छिरेका दानी ओल्मोले ६३औं मिनेटमा गोल गर्दै बार्सालाई पुनः अग्रता दिलाए। ७०औँ मिनेटमा मार्कस रासफोर्डको क्रसमा लेवान्डोव्स्कीले नजिकबाट गोल गर्दै जित निश्चित गरे।

यो जितसँगै बार्सिलोना तालिकाको १५औँ स्थानबाट नवौँ स्थानमा उक्लिएको छ र अन्तिम १६ मा सिधै छनोट हुने सम्भावना कायम राखेको छ। अब बार्साले घरेलु मैदानमा कोपनहेगनविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नेछ।–एजेन्सी

Published Date: 22 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय