च्याम्पियन्स लिग फुटबल : स्लाभिया प्राहामाथि बार्सिलोनाको जित

च्याम्पियन्स लिग फुटबल : स्लाभिया प्राहामाथि बार्सिलोनाको जित : Icon Khabar

काठमाडौं, माघ ८ । बार्सिलोनाले च्याम्पियन्स लिगमा स्लाभिया प्रागलाई ४–२ ले हराउँदै महत्वपूर्ण जित निकालेको छ। बार्सिलोनाका फर्मिन लोपेजले २ , रोबर्ट लेवान्डोव्स्कीले एक गोलसँगै एक आत्मघाती गोल पनि गरे।

खेलको सुरुवात बार्सिलोनाको लागि राम्रो रहेन। १०औँ मिनेटमा फर्मिन लोपेजले सजिलो मौका गुमाएपछि स्लाभियाका भासिल कुसेयले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

तर लोपेजले ३४ र ४२ औं मिनेटभित्र गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। ४४ औं मिनेटमा कर्नरबाट आएको बल लेवान्डोव्स्कीलाई लागेर आत्मघाती गोल भयो र पहिलो हाफ २–२ बराबरीमा टुंगियो । यो लेवान्डोव्स्कीको च्याम्पियन्स लिग करियरको पहिलो आत्मघाती गोल हो।

दोस्रो हाफमा बार्सिलोनाले दबाब बढायो। चोटका कारण पेड्री बाहिरिएपछि मैदान छिरेका दानी ओल्मोले ६३औं मिनेटमा गोल गर्दै बार्सालाई पुनः अग्रता दिलाए। ७०औँ मिनेटमा मार्कस रासफोर्डको क्रसमा लेवान्डोव्स्कीले नजिकबाट गोल गर्दै जित निश्चित गरे।

यो जितसँगै बार्सिलोना तालिकाको १५औँ स्थानबाट नवौँ स्थानमा उक्लिएको छ र अन्तिम १६ मा सिधै छनोट हुने सम्भावना कायम राखेको छ। अब बार्साले घरेलु मैदानमा कोपनहेगनविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नेछ।–एजेन्सी

Published Date: 22 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने