भक्तपुरमा ‘साइकलिङ मैंचा’ निःशुल्क तालिम कार्यक्रम अघि बढ्दै

भक्तपुरमा ‘साइकलिङ मैंचा’ निःशुल्क तालिम कार्यक्रम अघि बढ्दै : Icon Khabar

भक्तपुर, पुस २४ । बालिका तथा किशोरीलाई सशक्त बनाउने उद्देश्यसहित साइकल कनेक्ट भक्तपुरको पहलमा ‘साइकलिङ माइचा’ नामक निःशुल्क साइकल तालिम कार्यक्रम सञ्चालन भैरहेको छ।

कार्यक्रमअन्तर्गत सहभागी बालिकाहरूलाई साइकल चलाउने आधारभूत तथा व्यवहारिक सीप सिकाइनेछ। यसले उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वास्थ्यप्रति सचेत, आत्मनिर्भर र वातावरणमैत्री जीवनशैली विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस किसिमको सहभागिताले बालिकाहरूलाई जीवनोपयोगी सीप हासिल गर्न थप हौसला मिल्नुका साथै समावेशी, स्वस्थ र वातावरणप्रति जिम्मेवार समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

‘साइकलिङ मैंचा’ कार्यक्रमले विशेषगरी बालिका र किशोरीलाई स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने क्षमता विकास गराउने र उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

Published Date: 08 January 2026






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न