भक्तपुरमा ‘साइकलिङ मैंचा’ निःशुल्क तालिम कार्यक्रम अघि बढ्दै

भक्तपुरमा ‘साइकलिङ मैंचा’ निःशुल्क तालिम कार्यक्रम अघि बढ्दै : Icon Khabar

भक्तपुर, पुस २४ । बालिका तथा किशोरीलाई सशक्त बनाउने उद्देश्यसहित साइकल कनेक्ट भक्तपुरको पहलमा ‘साइकलिङ माइचा’ नामक निःशुल्क साइकल तालिम कार्यक्रम सञ्चालन भैरहेको छ।

कार्यक्रमअन्तर्गत सहभागी बालिकाहरूलाई साइकल चलाउने आधारभूत तथा व्यवहारिक सीप सिकाइनेछ। यसले उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वास्थ्यप्रति सचेत, आत्मनिर्भर र वातावरणमैत्री जीवनशैली विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस किसिमको सहभागिताले बालिकाहरूलाई जीवनोपयोगी सीप हासिल गर्न थप हौसला मिल्नुका साथै समावेशी, स्वस्थ र वातावरणप्रति जिम्मेवार समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

‘साइकलिङ मैंचा’ कार्यक्रमले विशेषगरी बालिका र किशोरीलाई स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने क्षमता विकास गराउने र उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

Published Date: 08 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने