देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव हुँदैन : खनाल

देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव हुँदैन : खनाल : Icon Khabar

काठमाडौँ, पुस  २३ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव नहुने बताएका छन् । बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरूलाई अपराधीको संज्ञा दिएका छन् । ‘अपराधीहरू दिनदहाडै हिँडिरहेका छन्, यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ?’ उनले प्रश्न उठाए । निर्वाचन आवश्यक भए पनि त्यसका लागि पूर्वाधार तयार नभएको उनले बताए ।

खनालले भने, ‘सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? ती अपराधीहरू दिनदहाडै हिँडिरहेका छन्, यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ?’

उनले जारी राख्दै भने, ‘देशमा चुनाव हुनुपर्छ, हुनुपर्छ भने पनि पूर्वाधार तयार गर्न जरुरी छ। ९० हजार बुलेटहरु कब्जा भएका छैनन् । १२ हजार राइफल कब्जा भएका छैनन्। १४ हजार बन्दी बाहिर आएका छन्। ६ हजार फर्किएका छैनन्।’

साथै, खनालले देशको हितका लागि शिक्षा प्रणाली सुधार आवश्यक रहेको बताए । उनले राष्ट्रिय शिक्षा नीति परिवर्तन गरी शिक्षा व्यवस्थामा आमूल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

Published Date: 07 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय