काठमाडौँ, पुस २३ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई कारबाही नगरी निर्वाचन सम्भव नहुने बताएका छन् । बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरूलाई अपराधीको संज्ञा दिएका छन् । ‘अपराधीहरू दिनदहाडै हिँडिरहेका छन्, यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ?’ उनले प्रश्न उठाए । निर्वाचन आवश्यक भए पनि त्यसका लागि पूर्वाधार तयार नभएको उनले बताए ।
खनालले भने, ‘सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? ती अपराधीहरू दिनदहाडै हिँडिरहेका छन्, यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ?’
उनले जारी राख्दै भने, ‘देशमा चुनाव हुनुपर्छ, हुनुपर्छ भने पनि पूर्वाधार तयार गर्न जरुरी छ। ९० हजार बुलेटहरु कब्जा भएका छैनन् । १२ हजार राइफल कब्जा भएका छैनन्। १४ हजार बन्दी बाहिर आएका छन्। ६ हजार फर्किएका छैनन्।’
साथै, खनालले देशको हितका लागि शिक्षा प्रणाली सुधार आवश्यक रहेको बताए । उनले राष्ट्रिय शिक्षा नीति परिवर्तन गरी शिक्षा व्यवस्थामा आमूल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
Published Date: 07 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news