नयाँ ‌नेपाली फिल्म ‘बिगुल’ को ट्रेलर सार्वजनिक

नयाँ ‌नेपाली फिल्म ‘बिगुल’ को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौं, पुस २१ । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति तथा अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको नयाँ ‌नेपाली फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ ।

रमेश कोइराला निर्देशित ‘बिगुल’ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन, पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको विषय प्रस्तुत गरिएको छ ।

देश र जनतालाई पटक-पटक धोका दिँदै आएको राजनैतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रित `बिगुल´ ले ठूलै हल्चल ल्याउने संकेत गरेको छ ।

देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा ‘बिगुल’ मा उठान गरिएको विषयवस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्गनिर्देश गर्ने देखिन्छ ।

ट्रेलरमा बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ ।
दिनेश कोइरालाको कथा र निर्माण, कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी, मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनित छन् भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन् ।

माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुयन । तारा थापा `किम्भे´ ले सम्पादन गरेको फिल्मका गीतमा काग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । फिल्मको लेखन प्रदिप भारद्वाज र मौनता श्रेष्ठले गरेका हुन् ।

फस्टलुक पोस्टर, टीजर तथा ‌गीत सार्वजनिकसँगै चर्चामा रहेको ‘बिगुल’ ले मनोरञ्जनका साथै जनमानसमा समाज र देशप्रति आमनेपाली सचेत र सजक हुन प्रेरित गर्ने धारणा निर्देशक कोइरालाको छ ।

Published Date: 05 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय