बंगलादेशद्वारा भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा

बंगलादेशद्वारा भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा : Icon Khabar

ढाका, पुस २१ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।

उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपि, पछिल्लो समय भारत र बंगलादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो ।

सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएलको टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद झनै उत्कर्षमा पुगेको हो ।

यसैबीच, भारतमा बंगलादेशका अल्पसंख्यकमाथि अत्याचार भएको विषयलाई लिएर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले निर्देशन दिएपछि कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि टोलीबाट हटाएको छ ।
बीसीसीआई सचिव देवाजित साइकियाले हालका घटनाक्रमलाई ध्यानमा राख्दै केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको पुष्टि गरेका थिए । उनले आवश्यकता परे प्रतिस्थापन खेलाडी लिन बीसीसीआईले अनुमति दिने पनि बताएका छन् ।

मुस्ताफिजुर रहमान गत वर्षको मिनी अक्सनमार्फत आईपीएल २०२६ का लागि केकेआरमा ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका थिए । बंगलादेश–भारत सम्बन्ध र क्षेत्रीय घटनाक्रमले अन्तर्राष्ट्रिय क्रिकेटमा समेत असर पार्न थालेको यो घटनाले देखाएको छ ।

यसैबीच पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले २०२६ पुरुष टी–२० विश्वकपका लागि भारतमा खेल्न नआउने विषयमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० समक्ष गरेको अनुरोधबारे प्रतिक्रिया दिएका छन् । उनले भारत सबै टोलीलाई स्वागत गर्न तयार रहेको बताउँदै बंगलादेश भारतमा खेल्न चाहन्छ कि चाहँदैन भन्ने निर्णय अन्ततः उसैको हुने स्पष्ट पारेका छन् ।

एनआईसँग कुरा गर्दै हरभजन सिंहले भने– ‘पछिल्ला केही दिनमा भएका घटनाका कारण बंगलादेश भारत आउन चाहँदैन । बंगलादेशमा जे भयो, त्यो गलत हो । अब आईसीसीले उनीहरूको अनुरोधमा निर्णय लिनुपर्छ । हामी भारतमा सबैलाई स्वागत गर्छौं, तर उनीहरू यहाँ आउन चाहन्छन् कि चाहँदैनन् भन्ने उनीहरूको छनोट हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2026




ताजा
सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ?
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न