बुधबार कस्तो रहला देशभरको मौसम?

बुधबार कस्तो रहला देशभरको मौसम? : Icon Khabar

काठमाडौं, पुस ९ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू–भागमा दिनभर हुस्सु÷कुहिरो रहनेछ। पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राति तराई भू-भागमा हुस्सु-कुहिरो रहनेछ। पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशका तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

Published Date: 24 December 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग