नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि

नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि : Icon Khabar

काठमाडौँ,  पुस ८ । नापोलीले बोलोग्नालाई २-० हराउँदै इटालियन सुपर कप जितेको छ। साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा नापोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। नापोलीको जितमा दुबै गोल डेभिड नेरेसले गरेका थिए।

२८ वर्षीय ब्राजिलियन खेलाडी नेरेसले ३९ औं मिनेटमा शानदार गोल गर्दै नापोलीलाई अग्रता दिलाए। ५७ औं मिनेटमा बोलोग्नाका खेलाडीको गल्तीको गर्दा उनले दोस्रो गोल थपे।

खेलपछि नापोलीका खेलाडी माटेओ पोलिटानोले भने, ‘हामी इटालीका च्याम्पियन हौँ। यही ट्रफी जित्न आएका थियौँ र राम्रो खेल्दै जित्यौँ।’ यो जितसँगै नापोलीले तेस्रो पटक इटालियन सुपर कप जितेको छ। नेरेसले यसअघि एसी मिलानविरुद्धको सेमिफाइनलमा पनि गोल गरेका थिए।

पहिले सेरी ‘ए’ र इटालियन कप विजेताबीच मात्रै हुने यो प्रतियोगिता सन् २०२३ देखि ४ टोली सहभागी हुने गरी विस्तार गरिएको छ। यो प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2025
Website | + posts