नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि

नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि : Icon Khabar

काठमाडौँ,  पुस ८ । नापोलीले बोलोग्नालाई २-० हराउँदै इटालियन सुपर कप जितेको छ। साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा नापोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। नापोलीको जितमा दुबै गोल डेभिड नेरेसले गरेका थिए।

२८ वर्षीय ब्राजिलियन खेलाडी नेरेसले ३९ औं मिनेटमा शानदार गोल गर्दै नापोलीलाई अग्रता दिलाए। ५७ औं मिनेटमा बोलोग्नाका खेलाडीको गल्तीको गर्दा उनले दोस्रो गोल थपे।

खेलपछि नापोलीका खेलाडी माटेओ पोलिटानोले भने, ‘हामी इटालीका च्याम्पियन हौँ। यही ट्रफी जित्न आएका थियौँ र राम्रो खेल्दै जित्यौँ।’ यो जितसँगै नापोलीले तेस्रो पटक इटालियन सुपर कप जितेको छ। नेरेसले यसअघि एसी मिलानविरुद्धको सेमिफाइनलमा पनि गोल गरेका थिए।

पहिले सेरी ‘ए’ र इटालियन कप विजेताबीच मात्रै हुने यो प्रतियोगिता सन् २०२३ देखि ४ टोली सहभागी हुने गरी विस्तार गरिएको छ। यो प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।–एजेन्सी

Published Date: 23 December 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग