फोडनको २ गोलमा म्यानचेस्टर सिटीको जित

फोडनको २ गोलमा म्यानचेस्टर सिटीको जित : Icon Khabar

काठमाडौँ, कार्तिक २० । म्यानचेस्टर सिटीले बुधवर राति भएको च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुण्डलाई ४-१ ले पराजित गरेको छ । योससँगै डर्टमुण्डको अपराजित यात्रा समाप्त भएको छ।

सिटीका लागि फिल फोडनले २, एर्लिङ हालान्ड र रायन चर्कीले समान १ गोल गरे। डर्टमुण्डका लागि वाल्डेमार एन्टनले सान्त्वना गोल गरे।

फोडनले खेलको २२औं मिनेटमा तिजानी रेजेन्डर्सको पासमा पहिलो गोल गरे। त्यसपछि २९औं मिनेटमा हालान्डले जेरेमी डोकुको पासमा बक्सभित्रबाट प्रहार गर्दै सिटीलाई २-० को अग्रता दिलाए।

पहिलो हाफमा डर्टमुण्डका गोलकिपर ग्रेगर कोबेलले केही राम्रो बचाउ गरे पनि सिटीले दबाब बनाइरह्यो । ५७औं मिनेटमा फोडनले अर्को गोल गर्दै सिटीलाई ३–० को सहज अवस्थामा पुर्‍याए।

डर्टमुण्डले त्यसपछि केही आक्रामक खेल्दै ७५औं मिनेटमा वाल्डेमार एन्टनले गोल गर् गोलमार्फत एक गोल फर्कायो। इन्ज्युरी समयको पहिलो मिनेटमा चर्कीले गोल गर्दै सिटीको गोल अन्तरलाई ४-१ बनाए। – एजेन्सी

Published Date: 06 November 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी