काठमाडौँ, कार्तिक २० । म्यानचेस्टर सिटीले बुधवर राति भएको च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुण्डलाई ४-१ ले पराजित गरेको छ । योससँगै डर्टमुण्डको अपराजित यात्रा समाप्त भएको छ।
सिटीका लागि फिल फोडनले २, एर्लिङ हालान्ड र रायन चर्कीले समान १ गोल गरे। डर्टमुण्डका लागि वाल्डेमार एन्टनले सान्त्वना गोल गरे।
फोडनले खेलको २२औं मिनेटमा तिजानी रेजेन्डर्सको पासमा पहिलो गोल गरे। त्यसपछि २९औं मिनेटमा हालान्डले जेरेमी डोकुको पासमा बक्सभित्रबाट प्रहार गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
पहिलो हाफमा डर्टमुण्डका गोलकिपर ग्रेगर कोबेलले केही राम्रो बचाउ गरे पनि सिटीले दबाब बनाइरह्यो । ५७औं मिनेटमा फोडनले अर्को गोल गर्दै सिटीलाई ३–० को सहज अवस्थामा पुर्याए।
डर्टमुण्डले त्यसपछि केही आक्रामक खेल्दै ७५औं मिनेटमा वाल्डेमार एन्टनले गोल गर् गोलमार्फत एक गोल फर्कायो। इन्ज्युरी समयको पहिलो मिनेटमा चर्कीले गोल गर्दै सिटीको गोल अन्तरलाई ४-१ बनाए। – एजेन्सी
Published Date: 06 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news