अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति

अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति : Icon Khabar

काठमाडौँ, असोज २३ । गत असोज १७ देखि १९ गतेसम्मको अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

सडक विभागको प्रारम्भिक विवरणअनुसार, सडकतर्फ ७ अर्ब र पुलतर्फ ९१ करोड रुपैयाँको क्षति पुगेको हो ।

दुई दिनको अविरल बर्षाका कारण बीपी राजमार्गसहित मुख्य राजमार्ग अवरुद्ध बनेका थिए । देशभरका मुख्य र रणनीतिक सडक तथा राजमार्ग अवरुद्ध हुँदा आम जनजीवन प्रभावित बनेको थियो ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, सडक र पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला तथा साना राजमार्ग गरी हालसम्म ९ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध नै छन् ।

Published Date: 09 October 2025
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय