अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति

अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति : Icon Khabar

काठमाडौँ, असोज २३ । गत असोज १७ देखि १९ गतेसम्मको अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

सडक विभागको प्रारम्भिक विवरणअनुसार, सडकतर्फ ७ अर्ब र पुलतर्फ ९१ करोड रुपैयाँको क्षति पुगेको हो ।

दुई दिनको अविरल बर्षाका कारण बीपी राजमार्गसहित मुख्य राजमार्ग अवरुद्ध बनेका थिए । देशभरका मुख्य र रणनीतिक सडक तथा राजमार्ग अवरुद्ध हुँदा आम जनजीवन प्रभावित बनेको थियो ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, सडक र पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला तथा साना राजमार्ग गरी हालसम्म ९ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध नै छन् ।

Published Date: 09 October 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने