एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भिड्ने

एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भिड्ने : Icon Khabar

काठमाडौं, असोज १० । भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् । युएईमा जारी एसीसी टि ट्वान्टी एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका छन् ।

फाइनलमा पुग्न बिहीवार निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

भारतले भने शुक्रबार श्रीलंकासँग खेल्नु अगावै नै लगातार दुई जितका साथ फाइनलमा स्थान बनाएको थियो ।

सन् १९८४ देखि सुरु भएको एसिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान भिडेका थिएनन् ।

भारतले ८ पटक ( १९८४, १९८८, १९९०/ ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) मा एसिया कप उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।

यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो । दुबई क्रिकेट रंगशालामा आइतवार हुने फाइनलमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

केही महिनाअघि भारतको जम्मुकश्मिर स्थित पहलगाममा आतंककारी आक्रामणपछि यी दुई देशबीच युद्ध भएको थियो ।

त्यसपछि भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । त्यसैले आइतवार हुने फाइनल निकै महत्वका साथ हेरिएको छ ।

Published Date: 26 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी