लिभरपुलको जित

लिभरपुलको जित : Icon Khabar

काठमाडौं, असोज ८ । साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ।

खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए।

दोस्रो हाफमा मैदान प्रवेश गरेका हुगो एकिटिकेले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए र त्यही गोल निर्णायक ।‌

तर गोल खुसियाली मनाउने क्रममा जर्सी खोलेपछि दोस्रो पहेँलो कार्ड पाएर रातो कार्ड खाँदै उनी मैदान छाड्न बाध्य भए। त्यसपछि लिभरपुलले अन्तिम समयमा १० खेलाडीमै सिमित भएर खेलेर अग्रता जोगायो ।

यो जितसँगै १० पटकको लिग कप विजेता लिभरपुलले फेरि उपाधि यात्रा निरन्तरता दिएको छ। तर नयाँ डिफेन्डर जियोभानी लिओनी घुँडाको चोटले स्ट्रेचरमा मैदान छाड्नुपरेपछि टोलीको चिन्ता थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2025
Website | + posts