लिभरपुलको जित

लिभरपुलको जित : Icon Khabar

काठमाडौं, असोज ८ । साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ।

खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए।

दोस्रो हाफमा मैदान प्रवेश गरेका हुगो एकिटिकेले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए र त्यही गोल निर्णायक ।‌

तर गोल खुसियाली मनाउने क्रममा जर्सी खोलेपछि दोस्रो पहेँलो कार्ड पाएर रातो कार्ड खाँदै उनी मैदान छाड्न बाध्य भए। त्यसपछि लिभरपुलले अन्तिम समयमा १० खेलाडीमै सिमित भएर खेलेर अग्रता जोगायो ।

यो जितसँगै १० पटकको लिग कप विजेता लिभरपुलले फेरि उपाधि यात्रा निरन्तरता दिएको छ। तर नयाँ डिफेन्डर जियोभानी लिओनी घुँडाको चोटले स्ट्रेचरमा मैदान छाड्नुपरेपछि टोलीको चिन्ता थपिएको छ।

Published Date: 24 September 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग