प्रतिनिधिसभाबाट संवैधानिक परिषद् विधेयक पारित

प्रतिनिधिसभाबाट संवैधानिक परिषद् विधेयक पारित : Icon Khabar

काठमाडौँ, असार २६ । प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त विधेयक राष्ट्रिय सभाको सन्देशसहित पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाको सन्देशसहित निर्णयार्थ पेस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक बहुमतले पारित भएको थियो । राष्ट्रिय सभाले विधेयकमा गरेको व्याख्या प्रतिनिधिसभाले स्वीकार गरेको हो । विधेयकमाथि मंगलबारको बैठकमा छलफल भएको थियो ।

सत्तारुढ दलका सांसदहरूबीच नै अन्योल उत्पन्न भएपछि उक्त विधेयक निर्णयार्थ पेस गरिएको थिएन । प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको संवैधानिक परिषद् सम्बन्धी विधेयक सन्देशसहित फिर्ता आएपछि पुनः पारित गरिएको हो ।

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा ६ सदस्यीय संवैधानिक परिषद्को बैठकमा ४ सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरिएको छ । परिषद्मा अध्यक्षसहित ५ जना बहाल रहेको अवस्थामा तीन जना उपस्थित भए गणपूरक भएको मानिनेछ । अध्यक्षसहित चार जना बहाल रहेको अवस्थामा ३ जना उपस्थित भए गणपूरक पुग्नेछ । अध्यक्षसहित ३ जना बहाल रहेको अवस्थामा २ जना उपस्थित भए गणपूरक संख्या मानिनेछ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । विधेयकमा भनिएको छ, ‘परिषद्मा अध्यक्ष र पाँच सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा तीन सदस्यसहित कम्तीमा चार अध्यक्ष र चार सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना अध्यक्ष र तीन सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना र अध्यक्ष र दुई सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एक सदस्यसहित कम्तीमा दुई जनाको मतबाट निर्णय गरिनेछ ।’

संवैधानिक परिषद् सम्बन्धी विधेयक २०७९ फागुन १२ मा प्रतिनिधिसभामा दर्ता गरिएको थियो ।

Published Date: 10 July 2025
ताजा
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय