देशका अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना

देशका अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, असार ८ । आज (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागको धेरै स्थानहरूमा तथा बाँकी भू–भागको केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अहिले कोशीमा हल्का वर्षा भइरहेको बेला मधेस र बागमती प्रदेशमा बादल लागेको छ। कोशी प्रदेशका पहाडी भू–भाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ -। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। गए राति खोटाङ, चितवन, म्याग्दी, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । गए राति कम वर्षा भएको तराई क्षेत्रमा आज ठूलो पानी पर्नसक्ने सम्भावना छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले खोटाङ, दोलखा, चितवन जिल्ला आसपास भएर बग्ने स–साना खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। दोलखाको खिम्ती खोला, चितवनको काली खोला र यस्तै अन्य साना नदीहरूमा बाढी र पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ।

Published Date: 22 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग