सहकारीका समस्या समाधान नियन्त्रण र निषेधको व्यवस्थाले नहुने

सहकारीका समस्या समाधान नियन्त्रण र निषेधको व्यवस्थाले नहुने : Icon Khabar

भक्तपुर, असार १ । मिति २०८२ जेष्ठ ३१ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुर नगर समन्वय उपसमितिद्धारा आयोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड, २०८२ विषयक अन्तरक्रिया कार्यक्रम संघको सदस्य संस्था भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., कमलविनायको सभाहलमा सम्पन्न भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले नियामकीय मापदण्ड सहकारी संस्थाको नियमन गर्नकै लागि जारी भएको हुँदा यसमा सहकारी प्रवद्र्धन र सम्बर्दनका व्यवस्था नहुनु स्वभाविक रहेको बताए । सहकारी विकृतीको समस्याको समाधान नियन्त्रण र निषेधको व्यवस्था गरेर नहुने स्पष्ट पार्दे सहकारीलाई कमजोर र संकुचित बनाउने गरी जारी मापदण्डका व्यवस्थाहरुको तत्काल संशोधन हुनुपर्ने उनको भनाई थियो । उनले सहकारी अभियानलाई कमजोर र संकुचित हुने गरी जारी मापदण्डको परिमार्जनका लागि अभियानले पहिलो चरणमा सम्बन्धित निकायमा लविङ्घ गरिरहेको बताए । यसबाट पनि मापदण्ड संशोधन नभएमा मापदण्डको भद्र अवज्ञ गरी आन्दोलन सहित कानुनी उपचारमा जाने योजना रहेकोले सबैको साथ सहयोग र समर्थनका लागि आह्वान गरे ।

उक्त कार्यक्रममा संघका सचिव जगनाथ प्रजापतिले सभापतित्व ग्रहण गर्दै स्वागत मन्तव्य दिए । हाल जारी मापदण्डकोबारे सदस्यलाई सूचित गर्न उक्त अन्तरक्रिया कार्यक्रम राखेको बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड, २०८२ विषयको प्रस्तुती गरे । सहकारी ऐन नियमसंग बाँझिने गरी बनाएका निर्देशन तथा मापदण्ड स्वत निश्क्रिीय हुने कुरा उनले बताए । सहकारी सुशासनका कतिपय व्यवस्था सकारात्मक हुदाँ हुदै सहकारीलाई वित्तीय कारोबार गर्ने बैंकको रुपमा मात्र मापदण्ड जारी अव्यवहारीक व्यवस्थाले सहकारी संचालनमा चुनौती थपेको कुरा उनले बताए । उनले सहकारी ऐन कानुनको परिपालना बाहेकको अन्य विकल्प नभएकोले संस्थाहरुले कानुन सम्मत कार्यपद्धती तथा कार्यशैली अपनाउदै जानुपर्ने कुरा व्यक्त गरे । उक्त कार्यक्रममा भक्तपुर नगरका सदस्य संस्थाहरुबाट ६८ जनाको सहभागी थियो । उक्त कार्यक्रम संचालन संघका कर्मचारी रोकेश जोशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2025
Website | + posts