लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै : Icon Khabar

काठमाडौँ, जेठ २७ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ।

पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो। हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् जसमा ३ जित नेपालले दर्ता गरेको छ भने ३ जित नेदरल्यान्ड्सले दर्ता गरेको छ।

अंक तालिकामा नेदरल्यान्ड्सले २२ खेलमा १२ जित, ८ हार र दुई नतिजाहीन खेलसहित २६ अंक जोडेको छ । हालको तालिकामा नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेपाल भने १५ खेल खेलिसक्दा ४ जित, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ।

Published Date: 10 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग