भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको छ : अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले कुनै पनि व्यक्ति, समाज र देशको पहिचान त्यस देशको कला, संस्कृति र सम्पदाले दिने बताउँदै स्थानीय कला, संस्कृति र सम्पदालाई जोगाउने काम स्थानीय तहबाट हुनुपर्ने बताए।

कला संस्कृति संरक्षणसँगै देशको पहिचान र अस्तित्व पनि जीवित रहने बताउँदै उनले भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको बताए।

अरनिको सभाभवन, थन्थु दरबार पुनःनिर्माण जस्ता योजनाहरु भक्तपुरका गौरवका योजना हुन् र यसले भक्तपुरको इतिहासलाई पुनःजीवन दिने अध्यक्ष बिजुक्छेँले बताए।

Published Date: 22 May 2025
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय