भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको छ : अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले कुनै पनि व्यक्ति, समाज र देशको पहिचान त्यस देशको कला, संस्कृति र सम्पदाले दिने बताउँदै स्थानीय कला, संस्कृति र सम्पदालाई जोगाउने काम स्थानीय तहबाट हुनुपर्ने बताए।

कला संस्कृति संरक्षणसँगै देशको पहिचान र अस्तित्व पनि जीवित रहने बताउँदै उनले भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको बताए।

अरनिको सभाभवन, थन्थु दरबार पुनःनिर्माण जस्ता योजनाहरु भक्तपुरका गौरवका योजना हुन् र यसले भक्तपुरको इतिहासलाई पुनःजीवन दिने अध्यक्ष बिजुक्छेँले बताए।

Published Date: 22 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने