पाकिस्तानमा रहेका नेपालीहरु निरन्तर सम्पर्कमा छन्: परराष्ट्र मन्त्रालय

पाकिस्तानमा रहेका नेपालीहरु निरन्तर सम्पर्कमा छन्: परराष्ट्र मन्त्रालय : Icon Khabar

काठमाडौं, वैशाख २७ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ ।

हालै पाकिस्तानमा उत्पन्न घटनाक्रमको सन्दर्भमा त्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न आवश्यक सबै कदमहरू चालिरहेको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख छ। राजदूतावासले आपत्कालीन अवस्थामा सहयोग आवश्यक परेमा सम्पर्क गर्न सकिने व्यवस्था समेत विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार राजदूतावासका तृतीय सचिव वृन्दा सुबेदी खड्का आर्सलान मेहमुद मार्फत २४ सै घण्टा सहायता उपलब्ध हुने व्यवस्था गरिएको छ।

Published Date: 10 May 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय