काठमाडौं, वैशाख २७ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ ।
हालै पाकिस्तानमा उत्पन्न घटनाक्रमको सन्दर्भमा त्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न आवश्यक सबै कदमहरू चालिरहेको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख छ। राजदूतावासले आपत्कालीन अवस्थामा सहयोग आवश्यक परेमा सम्पर्क गर्न सकिने व्यवस्था समेत विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार राजदूतावासका तृतीय सचिव वृन्दा सुबेदी खड्का आर्सलान मेहमुद मार्फत २४ सै घण्टा सहायता उपलब्ध हुने व्यवस्था गरिएको छ।
Published Date: 10 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1