नेपाली यु-१९ टोली आज भारत जाँदै

नेपाली यु-१९ टोली आज भारत जाँदै : Icon Khabar

काठमाडौँ, वैशाख २३ । भारतमा हुने यु-१९ साफ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली टोली आज त्यसतर्फ जाने भएको छ।

च्याम्पियनसिप बैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली रंगशालामा हुनेछ। नेपाली टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ रहेको छन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तान बाहेक ६ राष्ट्रको सहभागिता रहेको छ। नेपाल, आयोजक एवम् साविक विजेता भारत र श्रीलंका समूह बी मा छन्। च्याम्पियनसिपको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश छन्।

बैशाख २८ गते श्रीलंकासँग खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। त्यसको नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत पदाधिकारीहरूले सोमवार नेपाली टोलीको बिदाइ गरे।

नेपाली यु-१९ टोली

गोलकिपर – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ

डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का

मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज डर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का

फरवार्ड – पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

Published Date: 06 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग