बार्सिलोनाको जित

बार्सिलोनाको जित : Icon Khabar

काठमाडौँ, वैशाख २१ । शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पुन:७ अंकले पछि परेको छ। रियल भालाडोलिडलाई शनिवार २-१ ले हराउँदै बार्सिलोनाले रियलसँगको अग्रता बढाएको हो। बार्सिलोनाले पछि परेको खेल उल्टाएको हो ।

इभान सान्चेजले छैंटौं मिनेटमा एस्टाडियो होसे जोरिल्लामा भालाडोलिडलाई आश्चर्यजनक अग्रता दिलाएका थिए।

परिवर्तित खेलाडी राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा छ मिनेटको अन्तरमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । राफिन्हाले ५४ र लोपेजले ६० औं मिनेटमा गोल गरेका हुन्।

हान्सी फ्लिकले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग ३-३ को बराबरी खेलेको टोलीबाट ९ खेलाडी परिवर्तन गरेका थिए । उनको ध्यान मंगलबार इटालीमा हुने दोस्रो लेगमा केन्द्रित थियो।

बार्सिलोना अहिले लिगका लगातार १५ खेलमा अपराजित छ । जसमा १३ खेल जितेको छ। रेलिगेसनमा परिसकेको भालाडोलिडविरुद्ध पछिल्ला १९ मध्ये १७ खेल बार्सिलोनाले‌ जितेको छ।

बार्सिलोनाको ३४ खेलमा ७९ अंक पुगेको छ। एक खेल कम खेलेको रियलले आज सेल्टा भिगोसँग खेल्नेछ। –एजेन्सी

Published Date: 04 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग