गुजरात टाइटन्सद्वारा सनराइजर्स हैदराबाद पराजित, अंक तालिकामा ठूलो फड्को

गुजरात टाइटन्सद्वारा सनराइजर्स हैदराबाद पराजित, अंक तालिकामा ठूलो फड्को : Icon Khabar

काठमाडौं, वैशाख २० । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ।

हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।‌ओपनर अभिषेकले ४१ बलमा ६ छक्का र ४ चौकासहित सर्वाधिक ७४ रनको योगदान गरे।

अर्को ओपनर ट्रेभिस हेडले २० रन बनाए। हेन्रिक क्लासनले २३ रन जोडे । नितिश कुमार रेड्डीले २१ रन बनाए । प्याट कमिन्सले १९ र इशान किसानले १३ रन जोडे ।

गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान २, इशान शर्मा र गेराल्ड कोट्जेले समान १ विकेट लिए।

नरेन्द्र मोदी स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो। गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो।

ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। राम्रो सुरुवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए।

त्यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बट्लरले साथ दिए। यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे। उनी रन आउट भए।

बटलरले पनि अर्धशतक पूरा गरे । उनले ३७ बलमा ६४ रन बनाए। वासिङ्टन सुन्दरले २१ रन जोडे। बलिङमा जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए। प्याटक्युमिन्स, जिशन अन्सारी र समान १ विकेट लिए।

गुजरात १४ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा छ। हैदराबाद ६ अंकसहित नवौं स्थानमा रहेको छ।–एजेन्सी

Published Date: 03 May 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु