गुजरात टाइटन्सद्वारा सनराइजर्स हैदराबाद पराजित, अंक तालिकामा ठूलो फड्को

गुजरात टाइटन्सद्वारा सनराइजर्स हैदराबाद पराजित, अंक तालिकामा ठूलो फड्को : Icon Khabar

काठमाडौं, वैशाख २० । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ।

हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।‌ओपनर अभिषेकले ४१ बलमा ६ छक्का र ४ चौकासहित सर्वाधिक ७४ रनको योगदान गरे।

अर्को ओपनर ट्रेभिस हेडले २० रन बनाए। हेन्रिक क्लासनले २३ रन जोडे । नितिश कुमार रेड्डीले २१ रन बनाए । प्याट कमिन्सले १९ र इशान किसानले १३ रन जोडे ।

गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान २, इशान शर्मा र गेराल्ड कोट्जेले समान १ विकेट लिए।

नरेन्द्र मोदी स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो। गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो।

ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। राम्रो सुरुवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए।

त्यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बट्लरले साथ दिए। यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे। उनी रन आउट भए।

बटलरले पनि अर्धशतक पूरा गरे । उनले ३७ बलमा ६४ रन बनाए। वासिङ्टन सुन्दरले २१ रन जोडे। बलिङमा जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए। प्याटक्युमिन्स, जिशन अन्सारी र समान १ विकेट लिए।

गुजरात १४ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा छ। हैदराबाद ६ अंकसहित नवौं स्थानमा रहेको छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2025
Website | + posts