सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प

सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प : Icon Khabar

काठमाडौं, वैशाख १२ । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई पनि सरकारी अस्पतालका चिकित्सकसरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालका चिकित्सकहरूले आज ओपीडी सेवा बन्द गरेका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक र सघन उपचारबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरिएको हो। यसको असर काठमाडौं उपत्यकाका प्रमुख सरकारी अस्पतालहरूमा स्पष्ट देखिएको छ, जहाँ ओपीडी सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता लागू नभएको भन्दै आवासीय चिकित्सकहरू तीन हप्तादेखि आन्दोलनरत छन्। २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तहसरह मासिक ४८ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो। तर, निर्णय भएको साढे दुई महिना बितिसक्दा पनि निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन गरेका छैनन्।

विश्वका धेरै विकसित देशहरूमा स्नातकोत्तर (पीजी) तहका विद्यार्थीले शुल्क तिर्नु पर्दैन, साथै उनीहरूलाई अस्पतालमा काम गरेबापत औपचारिक सुविधा दिइन्छ। नेपालका सरकारी अस्पतालमा कार्यरत पीजी चिकित्सकले मासिक ४८ हजार रुपैयाँ भत्ता पाउँछन्, तर निजी कलेजमा भने उनीहरूलाई १८–२० हजार रुपैयाँमै काम गर्न बाध्य बनाइएको छ। अझ, त्यसमाथि पनि कतिपयलाई तीन–चार महिनासम्म तलब नदिने अवस्था रहेको छ।

पारिश्रमिक र सुविधा अभावमा दिनरात बिरामीको उपचारमा खटिने आवासीय चिकित्सकहरूको जीवनयापन चुनौतीपूर्ण भएको छ। निजी मेडिकल कलेजहरूले कुनै अतिरिक्त पूर्वाधार वा नयाँ फ्याकल्टी नबनाईकन पनि पीजी कार्यक्रमका लागि २३ लाख रुपैयाँसम्म शुल्क लिइरहेका छन्।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिएका छन् ।

Published Date: 25 April 2025
ताजा
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता