सर्वोच्चको आदेशपछि पनि शिक्षक महासंघले भन्यो आन्दोलन जारी रहन्छ

सर्वोच्चको आदेशपछि पनि शिक्षक महासंघले भन्यो आन्दोलन जारी रहन्छ : Icon Khabar

काठमाडौं, वैशाख ११ । गत चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन्।

बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिन भित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो।

शुक्रबार बिहान महासंघ अध्यक्ष सुवेदीले सदाझै बिहान ११ बजे आन्दोलनस्थलमा जम्मा हुन आह्वान गरेका छन्। सुवेदीले शिक्षकहरूलाई बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमै रहन पनि आग्रह गरेका छन्।

शुक्रबारदेखि संसदको बर्खे अधिवेशन पनि सुरू हुँदैछ। योपटकको बर्खे अधिवेशनले बजेटसँगै विद्यालय शिक्षा विधेयक पनि टुंगो लगाउने भनेको छ।

विद्यालय शिक्षा विधेयक टुंगो लगाएर शिक्षकहरूको माग शीघ्र सम्बोधन गरी उनीहरूलाई काममा फर्काउने भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2025
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )