सर्वोच्चको आदेशपछि पनि शिक्षक महासंघले भन्यो आन्दोलन जारी रहन्छ

सर्वोच्चको आदेशपछि पनि शिक्षक महासंघले भन्यो आन्दोलन जारी रहन्छ : Icon Khabar

काठमाडौं, वैशाख ११ । गत चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन्।

बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिन भित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो।

शुक्रबार बिहान महासंघ अध्यक्ष सुवेदीले सदाझै बिहान ११ बजे आन्दोलनस्थलमा जम्मा हुन आह्वान गरेका छन्। सुवेदीले शिक्षकहरूलाई बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमै रहन पनि आग्रह गरेका छन्।

शुक्रबारदेखि संसदको बर्खे अधिवेशन पनि सुरू हुँदैछ। योपटकको बर्खे अधिवेशनले बजेटसँगै विद्यालय शिक्षा विधेयक पनि टुंगो लगाउने भनेको छ।

विद्यालय शिक्षा विधेयक टुंगो लगाएर शिक्षकहरूको माग शीघ्र सम्बोधन गरी उनीहरूलाई काममा फर्काउने भनेको छ।

Published Date: 25 April 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली