महिलाहरूका लागि लाभदायक कुरिलो

महिलाहरूका लागि लाभदायक कुरिलो : Icon Khabar

काठमाडौं, वैशाख ५ । अहिले कुरिलो बजारमा सजिलै उपलब्ध हुन्छ । कुरिलोमा अत्यधिक पोषक तत्व हुन्छ । आयुर्वेदाचार्यहरूका अनुसार दैनिक रूपमा औषधीय गुणले भरिएको कुरिलो सेवन गर्दा एनीमिया, पाचन समस्याहरू, छालासम्बन्धी समस्या, निद्रा नआउने, थकान, माइग्रेन, संक्रमण, मधुमेह, बवासीर जस्ता समस्याबाट मुक्ति पाइन्छ ।

कुरिलोमा त्यस्ता धेरै पोषक तत्वहरू पाइन्छन्, जसको सेवनले शरीर र मन दुवै स्वस्थ रहन्छ ।

तना, जरा र पातको प्रयोग गरिन्छ
आयुर्वेदाचार्यका अनुसार कुरिलो विशेष गरी महिलाहरूका लागि लाभदायक हुन्छ । यसको मुन्टा, जरा र पात सबै भागहरू औषधिको रूपमा प्रयोग गरिन्छ ।

यसले निद्रा नलाग्ने, रुघा–खोकी, पुराना घाउ, पिसाबसम्बन्धी रोग, पत्थरी, टाउको दुखाइ, आँखाको रोग, ज्वरो र बवासीर जस्ता धेरै रोगहरू निको पार्न सक्ने क्षमता कुरिलोमा रहेको छ ।

कुरिलो सेवनका गुणहरू

कुरिलोमा फाइबर, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन के, भिटामिन ई, भिटामिन सी, आइरन, क्याल्सियम, म्यांगानिज, सेलेनियम, जिंक र एन्टिअक्सिडेन्ट्स पाइन्छ ।
कुरिलो रुघाखोकी र ज्वरोको उपचारमा पनि उपयोगी मानिन्छ।

महिलाहरूका लागि लाभदायक

कुरिलोको जराबाट बनेको काढाले धेरै फाइदा पुर्‍याउँछ । महिलाहरूलाई महिनावारीका क्रममा हुने पेट दुखाइ, ऐंठन जस्ता समस्यामा राहत दिन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ, जसले कब्जियत, ग्यास, पेट पोल्ने जस्ता समस्या हटाउँछ ।

सय जराको बोट

कुरिलाको सय जराहरू भएको बोटले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र संक्रमणबाट जोगाउँछ । कुरिलोको काढाले तनाव हटाउँछ र निद्राको समस्या पनि समाधान हुन्छ । आयुर्वेद अनुसार, कुरिलो एनीमिया (रक्त अल्पता) उपचारमा पनि प्रभावकारी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न