म्यानचेस्टर सिटी र युनाइटेडको बराबरी

म्यानचेस्टर सिटी र युनाइटेडको बराबरी : Icon Khabar

काठमाडौं, चैत २५ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतवार गोलरहित बराबरी खेले।

पहिलो हाफमा दुवै टोली प्रभावकारी देखिएन। दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे। सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन्।

यो बराबरीले रुबेन आमोरिमको युनाइटेडले यो साता अंक तालिकामा १३औं स्थानमा अन्त्य गरेको छ। आइतवार नै साउथह्याम्प्टनमाथि ३-१ को जित निकालेको टोटेनहमलाई पारेको छ।

सिटीले तालिकाको चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ। पाँचौं स्थानको सिटीको ५२ अंक छ। सिटी चेल्सीभन्दा एक अंकले पछाडि र न्युकासल युनाइटेडभन्दा २ अंकले अगाडि छ ।

युनाइटेड ३८ अंकसहित १३ औं स्थानमा छ। चेल्सीले‌ पनि ब्रेनफोर्डसँग गोलरहित बराबरी खेलेको थियो। अर्को खेलमा शीर्ष स्थानको लिभरपुल फुलहमसँग ३-२ ले पराजित भएको थियो।–एजेन्सी

Published Date: 07 April 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने