म्यानचेस्टर सिटी र युनाइटेडको बराबरी

म्यानचेस्टर सिटी र युनाइटेडको बराबरी : Icon Khabar

काठमाडौं, चैत २५ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतवार गोलरहित बराबरी खेले।

पहिलो हाफमा दुवै टोली प्रभावकारी देखिएन। दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे। सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन्।

यो बराबरीले रुबेन आमोरिमको युनाइटेडले यो साता अंक तालिकामा १३औं स्थानमा अन्त्य गरेको छ। आइतवार नै साउथह्याम्प्टनमाथि ३-१ को जित निकालेको टोटेनहमलाई पारेको छ।

सिटीले तालिकाको चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ। पाँचौं स्थानको सिटीको ५२ अंक छ। सिटी चेल्सीभन्दा एक अंकले पछाडि र न्युकासल युनाइटेडभन्दा २ अंकले अगाडि छ ।

युनाइटेड ३८ अंकसहित १३ औं स्थानमा छ। चेल्सीले‌ पनि ब्रेनफोर्डसँग गोलरहित बराबरी खेलेको थियो। अर्को खेलमा शीर्ष स्थानको लिभरपुल फुलहमसँग ३-२ ले पराजित भएको थियो।–एजेन्सी

Published Date: 07 April 2025
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय