आगामी चैत २८ गतेदेखि सुरू हुने बिस्का: जात्राका लागि भैलख: बनाउने कार्य अन्तिम चरणमा

आगामी चैत २८ गतेदेखि सुरू हुने बिस्का: जात्राका लागि भैलख: बनाउने कार्य अन्तिम चरणमा : Icon Khabar

काठमाडौँ, चैत २४ । प्रत्येक नयाँ वर्षमा आठ रात नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाउने बिस्का: जात्राको लागि टौमढि क्षेत्रमा भैरव र भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

काठै काठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथसँगै भद्रकालीको रथ निर्माण कार्य पनि सँगै भइरहेको छ ।
यस वर्ष रथको चक्कालगायतका धेरै काठहरू फेरिएको छ ।

अरू पुरानै काठलाई बलियो गरेर मर्मत गरी बलियोसँग निर्माण कार्य भइरहेको छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ ।

जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

Published Date: 06 April 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड