एमबाप्पेको गोलमा रियलको जित

एमबाप्पेको गोलमा रियलको जित : Icon Khabar

काठमाडौँ, चैत ३ । फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिवार भिल्ला रियललाई २-१ ले पराजित गरेको छ ।

भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए। जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

२ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौ स्थानमा छ ।

ला लिगामा शनिवार अन्य खेलमा रियल मार्लोकाले इस्पानुयोललाई २-१ र सेल्टा भिगोले रियल भालाडोलिडलाई १-० ले हरायो । जिरोना र भ्यालेन्सियाले १-१ तथा लस पालमस र अल्भेसले २-२ को बराबरी खेले ।–एजेन्सी

Published Date: 16 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग