एमबाप्पेको गोलमा रियलको जित

एमबाप्पेको गोलमा रियलको जित : Icon Khabar

काठमाडौँ, चैत ३ । फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिवार भिल्ला रियललाई २-१ ले पराजित गरेको छ ।

भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए। जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

२ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौ स्थानमा छ ।

ला लिगामा शनिवार अन्य खेलमा रियल मार्लोकाले इस्पानुयोललाई २-१ र सेल्टा भिगोले रियल भालाडोलिडलाई १-० ले हरायो । जिरोना र भ्यालेन्सियाले १-१ तथा लस पालमस र अल्भेसले २-२ को बराबरी खेले ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2025
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण