सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न : Icon Khabar

काठमाडौँ, चैत ३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ७ स्थित सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सवको अवसरमा अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले देशको निम्ति योग्य विद्यार्थी उत्पादनमा भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयहरुले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले देश विदेशमा उत्कृष्टता हासिल गर्दै आइरहेको बताए ।

विद्यार्थीहरुलाई सभ्य र सुसंस्कृत बनाउन शिक्षक र अभिभावकले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै उनले विद्यार्थीलाई शिक्षा प्रदान गर्नुको मुख्य उद्देश्य अनुशासित, इमानदार र समाजप्रति जिम्मेवार बनाउनको निम्ति हो भने ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरको शैक्षिक क्षेत्रको उन्नयनमा सुर्योदय विद्यालयको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै समाजवादी व्यवस्थामा शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने बताए ।

प्लस टु सकिने बित्तिकै विद्यार्थीहरु विदेशतिर आकर्षित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले नगरपालिकाले भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुलाई ख्वपको पहिचानमार्फत भक्तपुरको पहिचान अध्ययन गराइरहेको बताए ।

विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यले विद्यालयको वार्षिक प्रगति प्रस्तुत र विद्यालयको विविध गतिविधिबारे जानकारी गराए । उनले सर्योदय स्कुलले विद्यार्थीहरुलाई रु. १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउँदैै विद्यालयले समुदायमा आधारित सरसफाइमा नियमित सहभागी हुँदै आएको बताए ।

उक्त कार्यक्रममा सभापति मनोजगोपाल कर्माचार्य, भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजन कसपाल, विद्यालयका सञ्चालक महेन्द्रगोपाल कर्माचार्य, एभरेष्ट स्कूलका प्रिन्सिपल तथा सुर्योदय स्कूलका पूर्व शिक्षक भक्तराज भण्डारी र प्याब्सनका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठलगायतले पनि आ- आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले लामो समय विद्यालयमा सेवारत शिक्षक तथा कर्मचारीलाई सम्मान तथा विद्यालयको आयोजनामा भएको अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Published Date: 16 March 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु