मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, फागुन २७ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९, स्वीस फ्र्याङ्क एकको खरिददर १५९ रूपैयाँ र बिक्रीदर १५९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा र बिक्रीदर १९ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८० पैसा र बिक्रीदर १३ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २९ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९५ पैसा र बिक्रीदर १८ रूपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ २० पैसा र बिक्रीदर ३६३ रूपैयाँ ७५ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Published Date: 11 March 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न