हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न

हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न : Icon Khabar

काठमाडौं, फागुन २७ । हिमालयन ग्लोरी इङ्गलिश आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयहरुको परियोजनाहरू प्रस्ततुत गरिएको थियो ।

प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अंग्रेजी भाषा सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण र आर्ट एण्ड क्राफ्ट लगायतका विषयमा तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले खेर गएका वस्तुहरूको प्रयोग गरी कलात्मक सामग्रीहरू बनाएर आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका थिए । विषयगत परियोजना प्रदर्शनी बाहेक उक्त कार्यक्रममा विपद् जोखिम सम्बन्धी शैक्षिक खेलहरुको प्रदर्शनी गरिएका थियो ।

विद्यालयका प्रिन्सिपल कृष्ण राम त्वानाबासुले यस्ता परियोजना कार्यहरूले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान बढ्ने, स्वअध्ययनको बानी विकास , सहकार्यको भावना , साथै विद्यार्थीहरूमा आत्मविश्वास पनि बढ्ने बताए । “हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान पनि दिन चाहन्छौं । यस्ता प्रदर्शनीले उनीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्न मद्दत गर्छ,” उनले भने।

प्रदर्शनीमा ९४ जना विद्यार्थीले परियोजना प्रस्तुत गरेका थिए भने २६ जना विद्यार्थी स्वयंसेवकका रूपमा खटिएका थिए । विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरु बाहेक अन्य बिद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पनि सो प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीले विद्यार्थीहरूमा नयाँ उत्साह र सिर्जनात्मकताको भावना जगाएको थियो । विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।

 

Published Date: 11 March 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न