रास्वपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ?

रास्वपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ? : Icon Khabar

काठमाडौं, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बिहान ११ बजे पार्टी कार्यालय चःमतिमा बैठक बस्न लागेको हो । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ ।

दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलो पटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् । बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ ।

संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ । बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने बताइएको छ ।

Published Date: 29 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु