यू–१९ महिला विश्वकपमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै, जित्नैपर्ने दबाब

यू–१९ महिला विश्वकपमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै, जित्नैपर्ने दबाब : Icon Khabar

काठमाडौं, माघ ९ । आईसीसी महिला यू–१९ टी ट्वेन्टी विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलियाको सामना गर्दैछ । मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभल बागींमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।

नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले नेपाललाई आज यो खेल जित्नै पर्ने दबाब छ । नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ ।

सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ । नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने