यू–१९ महिला विश्वकपमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै, जित्नैपर्ने दबाब

यू–१९ महिला विश्वकपमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै, जित्नैपर्ने दबाब : Icon Khabar

काठमाडौं, माघ ९ । आईसीसी महिला यू–१९ टी ट्वेन्टी विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलियाको सामना गर्दैछ । मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभल बागींमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।

नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले नेपाललाई आज यो खेल जित्नै पर्ने दबाब छ । नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ ।

सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ । नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।

Published Date: 22 January 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग