आर्सनलले टोटनहमलाई हरायो

आर्सनलले टोटनहमलाई हरायो : Icon Khabar

काठमाडौं, माघ ३ । इङग्लिस प्रिमियर लिग(इपिएल) मा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ ।

बिहीवार घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलले पराजित गरेको हो । घरेलु टोलीको जितमा लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रहेको थियो । टोटनहमका लागि सन ह्युङ मिनले गोल अग्रता दिलाएका थिए ।

खेलमा अग्रता भने पाहुना टोली टोटनहमले लिएको थियो । टोटनहमका लागि खेलको २५औं मिनेटमा सनले गोल गरेका थिए । खेलको ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलको सहयोगमा आर्सनलले खेलमा बराबरी गर्यो । खेलको ४४औं मिनेटमा ट्रोससार्डले आर्सनलको लागि निर्णायक गोल गरे ।

जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । लिभरपुलको २० खेलमा ४७ अंक रहेको छ । पराजित टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।

बिहीवार नै सपन्न खेलमा न्युक्यासलले वल्भ्सलाई ३-० ले पराजित गरेको छ । लेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले हार्दा एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गर्यो ।– एजेन्सी

Published Date: 16 January 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु