आर्सनलले टोटनहमलाई हरायो

आर्सनलले टोटनहमलाई हरायो : Icon Khabar

काठमाडौं, माघ ३ । इङग्लिस प्रिमियर लिग(इपिएल) मा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ ।

बिहीवार घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलले पराजित गरेको हो । घरेलु टोलीको जितमा लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रहेको थियो । टोटनहमका लागि सन ह्युङ मिनले गोल अग्रता दिलाएका थिए ।

खेलमा अग्रता भने पाहुना टोली टोटनहमले लिएको थियो । टोटनहमका लागि खेलको २५औं मिनेटमा सनले गोल गरेका थिए । खेलको ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलको सहयोगमा आर्सनलले खेलमा बराबरी गर्यो । खेलको ४४औं मिनेटमा ट्रोससार्डले आर्सनलको लागि निर्णायक गोल गरे ।

जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । लिभरपुलको २० खेलमा ४७ अंक रहेको छ । पराजित टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।

बिहीवार नै सपन्न खेलमा न्युक्यासलले वल्भ्सलाई ३-० ले पराजित गरेको छ । लेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले हार्दा एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गर्यो ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2025
Website | + posts


ताजा
भक्तपुर नपा र चाँगुनारायण नपाको संयुक्त आयोजनामा खानेपानी मुहान पोखरीमा सरसफाइ
आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा
बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो
अब स्थानीय तहमा करार र ज्यालादारीका कर्मचारी नियुक्त गर्न नपाइने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग