काठमाडौँ, पुस ५ । म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहम ह्ट्सपर इंग्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ ।
टोटनहमले बिहीवार घरेलु मैदानमा भएको खेलमा युनाइटेडमाथि ४-३ काे जित निकालेकाे हाे ।
घरेलु टाेलीका लागि डोमोनिक सोलान्केले २ तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले समान एक गोल गरे । युनाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड डायलो र जोनी इभन्सले गोल फर्काए ।
खेलको १५औं मिनेटमा सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लियो । खेलको ४६औं मिनेटमा कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए ।
सोलान्केले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा युनाइटेडका जिर्कजीले गोल गर्दा खेल ३-१ को स्थितिमा ल्याए ।
खेलको ७०औं मिनेटमा डायलोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोसिस गरे । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा कप्तान ह्युन मिनले गोल गरेपछि टोटनहमको अग्रता ४-२ मा पुग्यो । इन्जुरी समयमा इभन्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
योसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ । लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेडले यसअघि नै अन्तिम चारको यात्रा तय गरेका थिए । –एजेन्सी
Published Date: 20 December 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news