बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस ४ । बिहीबार नेप्से परिसूचक ३१.४३ विन्दुले घटेर २५९६.८२ अंकमा आएको छ ।

आज ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

आज ३१० कम्पनीको ९८ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६० लाखभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कर्णाली डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2024
Website | + posts