लुम्बिनी-कपिलवस्तु विश्व अभियानको तर्फबाट बुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

लुम्बिनी-कपिलवस्तु विश्व अभियानको तर्फबाट बुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई हस्तान्तरण : Icon Khabar

मेलबर्न, पुस २ । ३७” अग्लो ५२ केजी तौल भएको सुनको जलप सहितको बुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई लुम्बिनी-कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

नेपालमा बन्ने बुद्धको मूर्ति अन्य देशमा बन्ने बुद्धको मूर्तिभन्दा फरक हुने भएकोले अभियानको उद्धेस्य प्राप्तीमा सहयोग पुर्‍याउनु र नेपाली कलायुक्त बुद्धको मूर्ति विश्वको विभिन्न भागमा पुर्‍याउनु नै उद्वेश्य भएकोले सो मूर्ति हस्तान्तरण गरिएको हो।

मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्या सहितको सहभागीहरुले विश्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र बुद्धिस्ट झण्डा, बुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका प्लेकार्ड, र बाजा गाजा सहितको केही समयको र्यालीपस्चात सहभागीहरु नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाहरुद्धारा बौद्ध परम्परा अनुसार विधिपूर्बक पुजापाठ गरेका थिए ।

Published Date: 17 December 2024