च्याटजीपीटीमा पनि आयो सर्च इन्जिन फिचर

च्याटजीपीटीमा पनि आयो सर्च इन्जिन फिचर : Icon Khabar

काठमाडौं,पुस २ । ओपनएआईले निर्माण गरेको एआई टुल च्याटजीपीटीमा सर्च इन्जिनको फिचर थपिएको छ । सोमबार राति कम्पनीले सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराएको हो ।

यसअघि च्याटजीपीटीलाई जहिलेसम्मको डेटाबाट तालिम दिइएको छ, त्यसैको आधारमा जवाफ दिन्थ्यो । पछि अक्टोबरमा कम्पनीले त्यही फिचर परिमार्जन गर्दै भर्सन फोर ओ (4o) मा इन्टरनेटबाटै सर्च सकिने फिचर उपलब्ध गराएको थियो । शुल्क नतिर्ने प्रयोगकर्ताले यो फिचर केही प्रम्प्टमा मात्र प्रयोग गर्न पाउँथे भने शुल्क तिर्ने प्रयोगकर्ताले यो फिचरको सबै एक्सेस पाउँथे ।

त्यसैलाई परिमार्जन गर्दै कम्पनीले च्याटबक्समै सर्च इन्जिनको फिचर उपलब्ध गराएको छ । तपाईंले च्याटजीपीटीको एप अपडेट गर्नुभयो वा यहाँ क्लिक गरेर च्याटजीपीटीको ब्राउजरमा जानुभयो भने तलपट्टि च्याटबक्समा इन्टरनेटको आइकन देखिन्छ ।

तपाईंलाई कुनै पनि जानकारी च्याटजीपीटीले इन्टरनेटबाट खोजेर देओस् भन्ने लागेको छ वा तपाईंको आवश्यकता इन्टरनेट सर्च हो भने सबैभन्दा पहिले उक्त अप्सन इनेबल गर्नुपर्छ । त्यसपछि प्रश्न राख्नुभयो भने च्याटजीपीटीले तपाईंलाई इन्टरनेटबाट त्यससँग सम्बन्धित सामग्री खोजी उपलब्ध गराउँछ ।

यो फिचर प्रयोग गर्न तपाईंले अकाउन्ट लगइन गरिरहन पर्दैन । सहजै एप खोलेर वा ब्राउजरमा गई सर्चको अप्सन छानेर प्रश्न सोध्न वा जानकारी माग्न सक्नुहुन्छ । जसरी गुगल सर्चमा तपाईंले केही जानकारी राख्नुभयो भने रिजल्टका रूपमा विभिन्न वेबसाइटको लिङ्क देखाउँछ, त्यसरी नै च्याटजीपीटीले पनि उपयुक्त लिङ्क देखाउन थालेको छ ।

Published Date: 17 December 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय