च्याटजीपीटीमा पनि आयो सर्च इन्जिन फिचर

च्याटजीपीटीमा पनि आयो सर्च इन्जिन फिचर : Icon Khabar

काठमाडौं,पुस २ । ओपनएआईले निर्माण गरेको एआई टुल च्याटजीपीटीमा सर्च इन्जिनको फिचर थपिएको छ । सोमबार राति कम्पनीले सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराएको हो ।

यसअघि च्याटजीपीटीलाई जहिलेसम्मको डेटाबाट तालिम दिइएको छ, त्यसैको आधारमा जवाफ दिन्थ्यो । पछि अक्टोबरमा कम्पनीले त्यही फिचर परिमार्जन गर्दै भर्सन फोर ओ (4o) मा इन्टरनेटबाटै सर्च सकिने फिचर उपलब्ध गराएको थियो । शुल्क नतिर्ने प्रयोगकर्ताले यो फिचर केही प्रम्प्टमा मात्र प्रयोग गर्न पाउँथे भने शुल्क तिर्ने प्रयोगकर्ताले यो फिचरको सबै एक्सेस पाउँथे ।

त्यसैलाई परिमार्जन गर्दै कम्पनीले च्याटबक्समै सर्च इन्जिनको फिचर उपलब्ध गराएको छ । तपाईंले च्याटजीपीटीको एप अपडेट गर्नुभयो वा यहाँ क्लिक गरेर च्याटजीपीटीको ब्राउजरमा जानुभयो भने तलपट्टि च्याटबक्समा इन्टरनेटको आइकन देखिन्छ ।

तपाईंलाई कुनै पनि जानकारी च्याटजीपीटीले इन्टरनेटबाट खोजेर देओस् भन्ने लागेको छ वा तपाईंको आवश्यकता इन्टरनेट सर्च हो भने सबैभन्दा पहिले उक्त अप्सन इनेबल गर्नुपर्छ । त्यसपछि प्रश्न राख्नुभयो भने च्याटजीपीटीले तपाईंलाई इन्टरनेटबाट त्यससँग सम्बन्धित सामग्री खोजी उपलब्ध गराउँछ ।

यो फिचर प्रयोग गर्न तपाईंले अकाउन्ट लगइन गरिरहन पर्दैन । सहजै एप खोलेर वा ब्राउजरमा गई सर्चको अप्सन छानेर प्रश्न सोध्न वा जानकारी माग्न सक्नुहुन्छ । जसरी गुगल सर्चमा तपाईंले केही जानकारी राख्नुभयो भने रिजल्टका रूपमा विभिन्न वेबसाइटको लिङ्क देखाउँछ, त्यसरी नै च्याटजीपीटीले पनि उपयुक्त लिङ्क देखाउन थालेको छ ।

Published Date: 17 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने