सप्तरीको राजविराज विमानस्थलमा राति पनि उडान हुने

सप्तरीको राजविराज विमानस्थलमा राति पनि उडान हुने : Icon Khabar

काठमाडौँ, पुस २ । सप्तरीको राजविराज विमानस्थलमा राति पनि उडान हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ। त्यसैले कम भिजिबिलिटी हुँदा र राति पनि उडान गर्न सकिन्छ।

गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागितामा यहाँ गरिएको परीक्षण उडान सफल भएको थियो।

यसअघि राजविराज विमानस्थलमा भिजुअल फ्लाइट रूल (भिएफआर) उडान मात्र हुन्थ्यो। आइएफआर प्रणाली भएपछि अब भने दुई हजार मिटरको भिजिबिलिटी र रात्रिकालीन समयमा पनि उडान/अवतरण हुनेछ।

Published Date: 17 December 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय