सप्तरीको राजविराज विमानस्थलमा राति पनि उडान हुने

सप्तरीको राजविराज विमानस्थलमा राति पनि उडान हुने : Icon Khabar

काठमाडौँ, पुस २ । सप्तरीको राजविराज विमानस्थलमा राति पनि उडान हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ। त्यसैले कम भिजिबिलिटी हुँदा र राति पनि उडान गर्न सकिन्छ।

गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागितामा यहाँ गरिएको परीक्षण उडान सफल भएको थियो।

यसअघि राजविराज विमानस्थलमा भिजुअल फ्लाइट रूल (भिएफआर) उडान मात्र हुन्थ्यो। आइएफआर प्रणाली भएपछि अब भने दुई हजार मिटरको भिजिबिलिटी र रात्रिकालीन समयमा पनि उडान/अवतरण हुनेछ।

Published Date: 17 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड