एनपिएलमा आज पनि दुई खेल

एनपिएलमा आज पनि दुई खेल : Icon Khabar

काठमाडौं, मंसिर २६ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।

यसैगरी, आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाडौंको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन