एनपिएलमा आज पनि दुई खेल

एनपिएलमा आज पनि दुई खेल : Icon Khabar

काठमाडौं, मंसिर २६ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।

यसैगरी, आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाडौंको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।

Published Date: 11 December 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग