भक्तपुर महोत्सव प्रचारार्थ शुभकामना र्‍याली सम्पन्न

भक्तपुर महोत्सव प्रचारार्थ शुभकामना र्‍याली सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २५ । भक्तपुरमा आज यहि मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ भव्य र सभ्य रुपले सम्पन्न गर्न शुभकामना र्‍याली सम्पन्न भयो।

र्‍यालीमा सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव सबैको साझा महोत्सव भएको हुँदा यसलाई उल्लासमय ढंगले सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए।

उनले महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भक्तपुरको नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरि यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने उद्देश्य महोत्सवको रहेको बताए।

Published Date: 10 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने