वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरले १८ ठाउँमा यन्त्र जडान गर्ने

वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरले १८ ठाउँमा यन्त्र जडान गर्ने : Icon Khabar

काठमाडौँ, मंसिर २५ । वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गरेकी हुन्।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको महानगरले जनाएको छ ।

उपकरण शुभारम्भपछि बोल्दै उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताईन् ।

स्वास्थ्य सहर परियोजना गैर सङ्क्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । विश्व स्वास्थ्य सङ्गठन र विश्वव्यापी स्वास्थ्य सङ्गठनको महत्त्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ ।

पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरू सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्त प्रवाहमा मिसिन सक्छन् । यसै कारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य सङ्गठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रति घन मिटर हुनुपर्ने भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 December 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू