इण्डोनेसियामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु

इण्डोनेसियामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु : Icon Khabar

इण्डोनेसिया, मंसिर २४ । इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको ज्यान गएको छ । ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति गरेको छ ।

पाँच जनाको शव फेला परेको छ । सात जना बेपत्ता भएको एक अधिकारीले बताए । गत हप्ताको मङ्गलवारदेखि सुरु भएको प्राकृतिक प्रकोपले सुकाबुमी क्षेत्रका ५८९ घरमा क्षति गरेको र १ हजार ४०० बासिन्दालाई विस्थापित गरेको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका प्रवक्ता हादी रहमतले विपद्का कारण १० वटा पुल भत्किएकाले बासिन्दाको आवतजावतमा बाधा पुगेको बताए।

बेपत्ता भएका सातमध्ये पाँच जना पहिरोको शिकार भएका छन् । बाँकी दुई जना बेपत्ता हुनुको कारण नखुलेको रहमतले बताए । पाँच पहिरो पीडितको खोजी कार्य प्रभावित क्षेत्रमा केन्द्रित रहेको र अन्य दुईको खोजी कार्य यी क्षेत्रभन्दा बाहिर भएको उनले बताए ।

उनका अनुसार विस्थापितलाई खान, बस्न, औषधी र अन्य अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन दुईवटा विस्थापन केन्द्र स्थापना गरिएको छ । सिन्ह्वा

Published Date: 09 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने