इण्डोनेसियामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु

इण्डोनेसियामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु : Icon Khabar

इण्डोनेसिया, मंसिर २४ । इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको ज्यान गएको छ । ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति गरेको छ ।

पाँच जनाको शव फेला परेको छ । सात जना बेपत्ता भएको एक अधिकारीले बताए । गत हप्ताको मङ्गलवारदेखि सुरु भएको प्राकृतिक प्रकोपले सुकाबुमी क्षेत्रका ५८९ घरमा क्षति गरेको र १ हजार ४०० बासिन्दालाई विस्थापित गरेको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका प्रवक्ता हादी रहमतले विपद्का कारण १० वटा पुल भत्किएकाले बासिन्दाको आवतजावतमा बाधा पुगेको बताए।

बेपत्ता भएका सातमध्ये पाँच जना पहिरोको शिकार भएका छन् । बाँकी दुई जना बेपत्ता हुनुको कारण नखुलेको रहमतले बताए । पाँच पहिरो पीडितको खोजी कार्य प्रभावित क्षेत्रमा केन्द्रित रहेको र अन्य दुईको खोजी कार्य यी क्षेत्रभन्दा बाहिर भएको उनले बताए ।

उनका अनुसार विस्थापितलाई खान, बस्न, औषधी र अन्य अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन दुईवटा विस्थापन केन्द्र स्थापना गरिएको छ । सिन्ह्वा

Published Date: 09 December 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता