रू.पच्चीस हजारकाे शंकर खनाल प्रतिभा पुरस्कार-२०८१ माेडर्न स्कुल/कलेजकाे +२ टपर साेनिस खत्रीलाई

रू.पच्चीस हजारकाे शंकर खनाल प्रतिभा पुरस्कार-२०८१ माेडर्न स्कुल/कलेजकाे +२ टपर साेनिस खत्रीलाई : Icon Khabar

भक्तपुर, मंसिर १९ । शंकर खनाल प्रतिभा पुरस्कार-२०८१ मार्फत भक्तपुरको माेडर्न स्कुल/कलेजकाे +2 टपर साेनिस खत्री सम्मानित भएका छन्। बुधबार भक्तपुरमा आयोजित मिस्टर एण्ड मिस मोडर्न कन्टेष्ट २०८१ कार्यक्रममा खत्री रू.पच्चीस हजारको नगद पुरस्कारबाट समानित भएका हुन्।

मोडर्न कलेजमै विसं २०७० सालमा +२ अध्ययन गरि उतीर्ण भएकी छात्रा रक्षा खनालले आफ्नो स्वर्गीय बुबा शंकर खनालको नाममा स्थापित गरेको सो पुरस्कार प्रदान गर्न बुधबार आयोजित कार्यक्रममा सो पुरस्कारकी अध्यक्ष तथा रक्षाकी आमा अम्बिका खनालले खत्रीलाई हस्तान्तरण गरेकी थिइन्।

अति प्रतिभावान छात्रा रक्षा खनाल जाे विद्यालय विद्यार्थी जीवनमा आर्थिक अभावमा हुर्कनुपर्याे । तर उनको शैक्षिक र अतिरिक्त क्रियाकलापकाे अद्भुत प्रतिभा र माेडर्न स्कुल तथा कलेजकाे माया ममताले उनी कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गरी माेडर्नबाट २०७० सालकाे +२ मा प्रथम भई काठमाडौं स्कुल अफ ल, दधिकाेटमा कानुनमा स्नातक तहमा अध्ययन गरी पूर्वाञ्चल विश्वविद्यालयबाट नेपाल प्रथम पनि हुन सफल भएकी थिईन् । हाल रक्षा अस्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनरत छिन्।

अहिले रक्षा आफ्नाे आर्थिक अवस्था राम्रो हुँदा आफू आर्थिक अभावमा हुर्कदाकाे पीडालाई महशुस गरी एक प्रतिभावान विद्यार्थीलाई आफूले सकेको आर्थिक सहयोग गर्न पाए साे विद्यार्थी समाज र देशकाे लागि ठूलाे काममा आउँछ र समाज र देशको सेवा गर्नेछ भन्ने मनसायले उनको स्वर्गीय बुबा शंकर खनालकाे नाममा रू पच्चीस हजार नगद पुरस्कार आफू अध्ययन गरेकाे , आफूलाई सहयोग गरेको माेडर्न स्कुल र कलेजबाट कक्षा १२ मा प्रथम हुन सफल विद्यार्थीलाई प्रदान गर्दा खनालले निकै खुशी ब्यक्त गरिन्।

Published Date: 05 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास