वि किड्सः साना बालबालिकाहरूको सर्वाङ्गीण बिकासका लागि समर्पित विद्यालय

वि किड्सः साना बालबालिकाहरूको सर्वाङ्गीण बिकासका लागि समर्पित विद्यालय : Icon Khabar

भक्तपुर, मंसिर १७ । आजका बालबालिका भोलिको देश निर्माता हुन् । त्यसनिम्ति उनीहरूलाई स्वस्थ खानपान, मीठो बोलीवचन र असल व्यवहार सिकाउनुपर्छ । ज्ञान र सीप प्रदान गर्नुपर्छ । आत्मविश्वास बढाउनुपर्छ ।

 

ससाना बालबालिकालाई ज्ञान, सीप र आत्मविश्वास बढाउन स्थापित विद्यालयका हो, वि किड्स । ससाना बालबालिकाहरुको उज्ज्वल भविष्यका निम्ति बालबालिकालाई सपनाको बाटो कोर्न सिकाउने उद्देश्यसहित शिक्षा, खेलकुद, कला, र संस्कृतिका विविध गतिविधिहरूको समावेश गर्दै संचालनमा आएको विद्यालय हो ।

‘बच्चालाई बोझका रूपमा होइन, रमाइलो वातावरणमा आधारभूत ज्ञान दिन्छौं,’ विद्यालयकी संस्थापक प्रिन्सिपल मन्जु दुवाल भन्छिन्, ‘त्यसका लागि हामीले ‘एक्स्पोलर, लर्न र ग्रो’ को अवधारणा अनुसार बालबालिकाको सर्वाङ्गीण बिकासका लागि शिक्षकदेखि विद्यालयको भौतिक वातावरणका साथै कक्षाकोठासम्मलाई नानीबाबु सुहाउँदो बनाएका छौं ।’

विद्यालयको रमाइलो शान्त वातावरण, फराकिलो स्थल, र सुन्दर बगैंचा नानीबाबुहरूको मानसिक र शारीरिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण छ। दुवालले बताउँछिन्, ‘बालबालिका विद्यालयमा दोस्रो घरको रूपमा अनुभव गर्नुपर्छ, जसले उनीहरूको आत्मविश्वास र सामाजिक व्यवहारमा सुधार ल्याउँछ। ’

शिक्षाका अतिरिक्त स्वस्थ खानपानमा ध्यान दिइएको र नानीबाबुहरुको नियमित स्वास्थ्य जाँच गरिरहेको उनको भनाइ छ । यहाँ पढाइसँगै बालबालिकालाई खेलकुद, कला–संस्कृति, गीत–संगीत, नृत्य, योगा, करातेको पनि छुट्टै कक्षा व्यवस्था गरेको छ । यसले बच्चाहरूको शारीरिक स्वास्थ्य र मानसिक विकासमा योगदान पुर्याउँछ।

‘हामी बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक भावना जागृत गराउँछौं, जस्तोसुकै आपतको अवस्थालाई पनि सामना गर्नसक्ने तुल्याउँछौं र प्राकृतिक नियमसँग घुलमिल हुने वातावरण प्रदान गर्छौं,’ दुवाल भन्छिन् ।

उनका अनुसार विद्यालयमा प्रशिक्षित शिक्षकशिक्षिका र हेरचाहकर्ताहरू कार्यरत छन् । बालबालिकालाई खेल–आधारित सिकाइ प्रदान गरिन्छ । बालबालिकाको ऊर्जा र सृजनशीलतालाई प्रोत्साहित गर्न विभिन्न खेल र गतिविधिहरू आयोजना गरिन्छ र अन्य बालबालिकासँग अन्तरक्रिया गर्ने अवसर दिइन्छ । जसले उनीहरूको सृजनशीलता र आत्मविश्वासलाई प्रोत्साहित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2024
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू